दफा २४
दण्ड सजाय
(१) दफा २१ बमोजिम जग्गा बिक्री वितरण हुँदा कसैले झुठ्ठा ब्यहोरा देखाई जग्गा प्राप्त गरेमा तोकिएको अधिकारीको आदेशले सो जग्गा जफत गरिनेछ ।
(२) दफा २१ बमोजिम बिक्री वितरण हुँदा जग्गा पाउने कुनै व्यक्तिको दफा २३ मा लेखिएको कुनै कुरा उल्लंघन गरी सो जग्गा बेचबिखन गरेमा वा हक छाडी दिएमा वा अंश बण्डा गरेमा वा जग्गा वा त्यसको उब्जनी धितो बन्धक राखेमा तोकिएको अधिकारीको आदेशले त्यस्तो लेनदेन बदर भै सम्बन्धित जग्गा र जग्गा लिने व्यक्तिको परेको थैली समेत जफत गरिनेछ ।
(३) … … …